arrow

गाडामा बालुवा लोड गरेका चौधरीलाई चट्याङले लाग्यो, उपचारको क्रममा मृत्यु

logo
प्रकाशित २०७७ भदौ ३० मंगलबार
lightning.jpg

कलैया । चट्याङ लागेर मंगलबार बारामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जितपुरसिमरा उपमहानगरपालिका–१४ स्थित दुधौरा खोलामा टायर गाडामा बालुवा लोड गरिरहेको अवस्थामा अचानक चट्याङ लाग्दा ४२ वर्षीय धर्मप्रसाद राय चौधरी घाइते भई डुमरवानास्थित स्थानीय डुमरवाना पोली क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवता गौतम मिश्रले जानकारी दिए । 

टायर गाडामा बालुवा लोड गरिरहेको श्रमिक सोही ठाउँ बस्ने २७ वर्षीय तेतर माझी सामान्य घाइते भएका छन् । 

घाइतेको डुमरवाना स्वास्थ्य संस्थामा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरी मिश्रले भने । त्यसैगरी शव परीक्षण गरी परिवारजनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।   
 



लोकप्रिय समाचार
नयाँ