काठमाडौं । सरकारले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडलाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष (प्रमुख) आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रीपरिषद बैठकले खतिवडालाई विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो ।
मंगलबार मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्दै परराष्ट्र मन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले खतिवडालाई विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरिएको जानकारी गराएका हुन् ।
यसअघि राष्ट्रिय सभा सदस्यमा मनोनित भएर अर्थमन्त्री बनेका खतिवडाको कार्यकाल गत फागुनमा सकिएको थियो ।
उनलाई दोस्रो कार्यकालका लागि पनि प्रधानमन्त्री ओलीले अर्थमन्त्रीमा नियुक्त गरेपछि उनको कार्यका लगत २० गते भदौमा सकिएको थियो ।
कार्यकाल सकिनु भन्दा एक दिन अघि नै मन्त्रीबाट राजिनामा दिएका उनी विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका हुन् ।
अहिले अर्थमन्त्रालय समेत प्रधानमन्त्री ओलीले नै सम्हालिरहेका छन् ।