काठमाडौं । कोरोना महामारी नियन्त्रण गर्ने भन्दै गत चैत बन्द गरिएका लामो दुरीका यातायातका साधन बिहीबार देखि खुला हुने भएका छन् ।
मन्त्रीपरिषदले बिहीबार देखि लामो दुरीका यातायातका साधन समेत चल्न दिने निर्णय गरेसँगै सार्वजनिक सवारी औपाचरिक रुपमै खुला भएका हुन् ।
सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सोमबार बसेको मन्त्रीपरिषदको बैठकले बिहीबार देखि लामो दुरीका लगायत सबै किसिमका सार्वजिनक सवारी खुला गर्ने निर्णय गरिएको जानकारी गराएका हुन् ।
यसअघि कोरोना महामारी नियन्त्रण गर्ने भन्दै सरकारले गत चैत ५ गतेदेखि लामो दुरीका सवारी साधन सञ्चालन बन्द गर्ने निर्णय गरेको थियो ।
तर, त्यसपछि औपचारिक रुपमा खुला नभएपनि लुकीछिपी सवारी साधन चलिरहेका थिए ।
बिहीबार देखि खुला गरिएका सवारी साधनमा यात्रुबाट डेढ गुणासम्म बढी सवारी भाडा लिन पाउने छुट सरकारले यातायात व्यवसायीलाई दिएको छ ।
सवारीमा भएको सिट क्षमताको आधा यात्रु र सवारीको एकातिहर मात्रै राख्न पाउने गरी सार्वजनिक यातायात खुला गरिएको ज्ञवालीले बताए ।
यातायात सञ्चालन गर्दा सुरक्षाका मापदण्ड अपनाउन पर्ने ज्ञवालीको भनाई थियो ।