काठमाडौं । बिहानै ठूलो भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दू सिन्धुपाल्चोकको राम्चे रहेको छ ।
भूकम्पको धक्का ६ रेक्टर स्केलको आएको समेत जनाइएको छ ।
लामो समयपछि यति ठूलो रेक्टर स्केलको भूकम्प आएको हो ।
यो भूकम्पको धक्का काठमाडौं उपत्यकासहित वरिपरिका धेरै जिल्लामा महसुस गरिएको छ ।
बुधबार बिहान ५ः१९ मा गएको भूकम्पको धक्काको केन्द्रबिन्दू सिन्धुपाल्चोक भए पनि काठमाडौं उपत्यकामा समेत ठूलै धक्का महसुस भएको थियो ।
यसले केन्द्रबिन्दू वरिपरि क्षति पारेको हुनसक्ने बताइएको छ ।
बिहानै गएको धक्काले कतिपय मानिसहरु बिस्तारामै रहेकाले आत्तिएर बिस्ताराबाटै चिच्याएका थिए ।
केही समयसम्म निरन्तर हल्लाइरहेकाले स्थानीयहरु फेरि हल्लाउन सक्ने भन्दै बाहिर निस्केका थिए ।