काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितको संख्या ५० लाख नाघेको छ । मंगलबारसम्म ५० लाख १८ हजार ३४ जना संक्रमित भएका हुन् ।
मंगलबार ९१ हजार ९६ जना संक्रमित थपिएपछि कुल संक्रमित आधा करोड नाघेका हुन् । सक्रिय संक्रमितको संख्या ९ लाख ९६ हजार १२२ रहेको छ ।
मंगलबार ८२ हजार ८४४ जनालाई निको भएको छ । हालसम्म ३९ लाख ३९ हजार १११ जना कोरोनामुक्त भएका छन् ।
मृत्यु हुनेको संख्या ८२ हजार ९१ पुगेको छ । मंगलबार १ हजार २८३ जनाको ज्यान गएको छ । सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा मात्रै ३० हजार ४०९ जनाको ज्यान गइसकेको छ ।