काठमाडौं । नेपाली कांग्रेस शिक्षा विभागको प्रथम बैठकले विभिन्न निर्णयहरु गरेको छ । जुम प्रविधिमार्फत विभागीय प्रमुख हरिप्रसाद नेपालको अध्यक्षता साथै उपप्रमुख शेषनाथ अधिकारीको उपस्थितिमा बसेको बैठकले विभिन्न प्रस्तावमा छलफल गरी निर्णयहरु गरेको हो ।
हाल भएका विश्वविद्यालय सञ्चालन र नयां विश्वविद्यालय स्थापना गर्न सर्वप्रथम “राष्ट्रिय नीति” तयार गरेर मात्र सञ्चालन गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ ।
हाल स्थापित विश्वविद्यालयका समस्या र नयां विश्वविद्यालय स्थापना, विद्यालय शिक्षा र शिक्षकहरु, कोरोनाको कारणले शैक्षिक प्रणालीमा परेको असर, कांग्रेसले तयार गर्ने “शिक्षा नीति” तयार गर्न शिक्षाविद् तथा विज्ञहरुको सहयोग लिने लगायतका विषयमा छलफल भएको हो ।
यस्तो छ कांग्रेसको छलफल र निर्णय–