काठमाडौं। भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएर होम आइसोलसनमा बसेका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई माइल्ड निमोनिया र ज्वरो देखिएपछि अस्पताल भर्ना गरिएको छ ।
घरमै स्वास्थ्यलाभ गरिरहेका कोइरालालाई निमोनियाको शंका लागेपछि मंगलबार साँझ चाबहिलस्थित ओम अस्पताल भर्ना भएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।
उपचारमा संलग्न चिकित्सकहरुलाई उदृत गर्दै तिवारीले कोइरालालाई माइल्ड खालको निमोनिया र ज्वरो देखिएको जानकारी दिए ।
हल्का ज्वरो र रुघाखोकी देखिए पनि स्वास्थ्य अवस्था सामान्य रहेको तिवारीले बताए । कोइरालालाई प्यारासिटामोल दिएर आईसीयूभित्रको आइसोलेसनमा चिकित्सकीय निगरानीमा राखिएको पनि तिवारीले जानकारी दिए ।