नवलपरासी । नवलपरासी पश्चिमको नारायणी नदिमा डुङ्गा डुबेर एक पुरुष बेपत्ता भएका छन् ।
सुस्ता गाउँपालिका वडा नं. ५ ठाडीघाटबाट नदि पारी सुस्ताका लागी इट्टा बोकेर जादै गरेको डुङ्गा नारायणी नदिमा डुबेपछि डुङ्गामा काम गर्ने एक ब्यक्ति नदिमा डुबेर बेपत्ता भएका हुन् ।
प्रहरीका अनुसार डुङ्गामा ७ जना काम गर्ने ब्यक्तिहरु रहेका थिए । ६ जना आफै पौडी खेलेर निस्केका छन् । नारायणी नदिमा डुबेर बेपत्ता भएका ब्यक्तिको खोजी कार्य भइरहेको र बेपत्ता भएका ब्यक्ति भारतिय नागरिक अन्दाजी बर्ष ३२ को पुरुष रहेको र उनको थप पहिचान नखुलेको र खोजी कार्य भइरहेको प्रहरी चौकी रामनगरले जनाएको छ ।