arrow

कुलमानलाई खेदाउन लागेका ओलीका सल्लाहकार थापाले आफ्नै भाइलाई दिलाए स्वास्थ्य बिमामा नियुक्ति

ईश्वर पोखरेलका सम्धी र युवराज खतिवडालाई सातौं नियुक्ती

logo
प्रकाशित २०७७ भदौ ३१ बुधबार
health-insurence-board-chandra-thapa.jpg

काठमाडौं। लोडसेडिङको अन्त्य गरेर सर्वसाधारणको मन जित्न सफल नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई दोस्रो कार्यकालका लागि नियुक्त नगरेको ओली सरकारले आफ्नाहरुको नियुक्तिमा भने रेकर्ड कायम गर्दै गएको छ।

सरकारले पछिल्लो पटक पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी ओलीको विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको मंगलबार मात्रै सरकारले सार्वजनिक गरेको थियो। रेल कम्पनीमा गुरु भट्टराई नियुक्ती, राष्ट्रिय वाणिज्य बैंकमा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी उपेन्द्र कोइरालाको नियुक्तीले पनि सरकारको आफन्तमोह देखाएको थियो।

सरकारमा रहेकाहरुको आफन्त मोह यतिमै टुंगिदैन। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले आफ्ना भाई चन्द्र थापालाई स्वास्थ्य बीमामा नियुक्त गराएका छन्। आम नागरिकले मन पराएकाहरुलाई पाखा पार्दै आफ्ना नातागोतालाई सरकारी नियुक्तीमा भर्ती गर्ने क्रममा ओलीका सल्लाहकारका थापाको भाईको यो नियुक्ती पनि विवादित बनेको छ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गरि स्वास्थ्य वीमा बोर्डको सञ्चालक समिति सदस्यमा थापालाई नियुक्त गरेका हुन्। प्युठानका चन्द्र थापा तिलगङ्गा आँखा अस्पतालका कर्मचारी समेत हुन् । स्वास्थ्य वीमामा नियुक्त थापाको योग्यता पनि नपुगेको स्वास्थ्य वीमा अधिकारीहरु नै बताउँछन्। 

सरकारमा रहेका नेकपाका नेताहरुको कृपापात्रहरुले भने एकपछि अर्को नियुक्ती पाएको बिषय समेत अहिले सवयं नेकपामा पनि आलोचनाको विषय भएको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी कोइरालाले २०५१ देखि हालसम्म ७ औं नियुक्ति पाएका छन् भने पूर्व अर्थमन्त्री खतिवडाले समेत हालसम्म ७ वटा नियुक्ति पाएका छन्।

घिसिङको नियुक्ति नभएपछि आमसर्वसाधारण ओली सरकारको बिरुद्ध सडकमा समेत उत्रिएका छन्। घिसिङलाई नियुक्ति नगरेपछि विरोधमा उत्रिएका सर्वसाधारणलाई प्रहरीले बल प्रयोग समेत गरेको छ।



लोकप्रिय समाचार
नयाँ