काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर १५ सय ३९ जना कोरोना भाइरसका नयाँ विरामी फेला परेका छन् ।
स्वास्थ तथा जनसँख्या मन्त्रालयले बुधबार जानकारी गराएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका १५ सय ३९ जना नयाँ विरामी फेला परेका हुन् ।
स्वास्थ तथा जनसँख्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार फेला परेका नयाँ संक्रमितसँगै मुलुकभर कुल संक्रमितको सँख्या ५८ हजार ३ सय २७ पुगेको जानकारी गराए ।
हालसम्म १६ हजार २ सय ४२ जना सक्रिय संक्रमित रहेको र बाँकी निको भएर घर फर्किसकेको समेत गौतमले जानकारी गराए ।
उनका अनुसार पछिल्लो २४ घण्टामा निको भएर घर फर्किनको सँख्या १ हजार ६८ जना रहेको छ ।
योसँगै कोरोना लागेर निको हुनेको कुल सँख्या ४१ हजार ७ सय ६ जा पुगेको गौतमले बताए ।