arrow

डिजेलको मूल्य घट्यो

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ ३१ बुधबार
petrol.jpg.jpeg

काठमाडौं। नेपाल आयल निगमले डिजेल, मट्टितेलको मूल्य घटाएको छ। बुधबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले डिजले र मट्टितेलको मूल्यमा १ रुपैयाँ प्रतिलिटरका दरले घटाएको हो। बुधबार भारतीय आयल कर्पोरेन (आइओसी)बाट डिजेल र मट्टितेलको मूल्य घटेर आएकाले साविकको मूल्यमा प्रतिलिटर एक रुपैयाँका दरले घटाइएको निगमका प्रवक्ता विनितमणि उपाध्ययाले जानकारी दिए।

यो सँगै काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको मूल्य ९० रुपैयाँ प्रतिलिटिर कायम भएको छ। अन्य पेट्रोल, हवाई इन्धन, एजपी ग्यासँ लगवायतका इन्धनको मूल्यमा कुनै घटबढ नगरिएको निगम प्रवक्ता उपाध्यायले जानकारी दिए।



लोकप्रिय समाचार
नयाँ