arrow

उपत्यकामा सबैभन्दा धेरै संक्रमित, आठ जनाको मृत्यु

logo
प्रकाशित २०७७ भदौ ३१ बुधबार
covid-test-positive-corona.jpg

काठमाडौं । गत २४ घण्टामा काठमाडौँ उपत्यकामा ७३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै काठमाडौंमा ६५२ जना रहेका छन् । त्यस्तै ललितपुरमा ६० र भक्तपुरमा २५ जना संक्रमए देखिएको मन्त्रालयले जानएको छ । 

साथै देशभर एक हजार ५३९ मा कोरोना पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेश ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले विगत २४ घण्टामा कोभिड–१९ बाट संक्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या जम्मा एक हजार ६८ रहेको जानकारी दिए । 

गौतमका अनुसार हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ४१ हजार ७०६ छ । संस्थागत आइसोलेसनमा रहेका व्यक्तिको सङ्ख्या आठ हजार ६४१ रहेको छ भने होम हाइसोलेसनमा बस्नेको सङ्ख्या सात हजार ७०१ जना छन् । 

“पछिल्लो २४ घण्टामा १० हजार ४९४ जनामा पिसिआर परीक्षण भएको छ । हालसम्म आठ लाख ७२ हजार २७४ जनामा कोरोना परीक्षण गरिएको छ । क्वारेटिनमा रहनुभएका व्यक्तिको सङ्ख्या सात हजार ८२० रहेका छ”, प्रवक्ता गौतमले भने ।  

प्रवक्ता गौतमले कोभिड–१९ मुक्त हुने दर ७१.५ प्रतिशत रहेको जानकारी दिए । 

उनका अनुसार पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा मोरङ, सिरहा, सुनसरी, मकवानपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देही रहेका छन् । 

त्यस्तै शून्य संक्रमित भएका जिल्ला सोलुखुम्बु, मुस्ताङ, म्याग्दी, डोल्पा, हुम्ला र मुगु रहेका छन् ।

गत २४ घण्टामा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या आठ रहेको छ । मृतकमा ४ जना महिला र ४ जना पुरुष रहेका छन् । मृतक महिलामा बाराकी ४६ वर्षीया, काभ्रेपलान्चोककी ५५ वर्षीया, काठमाडौंकी ७१ वर्षीया र ७४ वर्षीया रहेका छन् । कोरोना संक्रमणले सुनसरीका ७० वर्षीय, सप्तरीका ३५ वर्षीय, काभ्रेपलाञ्चोकका ४१ वर्षीय र कास्कीका ७० वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३७९ जना पुगेको छ । 

बुधबारसम्मको तथ्याङ्क हेर्दा विश्वमा दुई कुरोड ९७ लाख ३४ हजार १०४ व्यक्तिमा कारोना संक्रमण पुष्टि भएको छ  । तीमध्ये निको हुनेको सङ्ख्या दुई करोड १५ लाख ४६ हजार ४५६ रहेको छ । हालसम्म देशभरि जम्मा संक्रमितको सङ्ख्या १६ हजार २४२ छ ।



लोकप्रिय समाचार
नयाँ