काठमाडौं। पाकिस्तानको आर्थिक नियमन गर्ने संस्था सेक्युरिटी एन्ड एक्सचेन्ज कमिसन अफ पाकिस्तानले चीन-पाकिस्तान इकोनमिक करिडोर सिपेकका प्रमुख लेफ्टिनेन्ट जनरल असिम सलिम बाजवाका छोराको ६ वटामध्ये पाँचवटा कम्पनीको विवरण डिलिट गरेको छ ।
उनको परिवारले वाजवा पाकिस्तानी सेनामा रहँदा अकूत सम्पत्ति कमाएको र त्यही सम्पतिबाट कम्पनीहरु स्थापना गरेको जनाइएको छ । देशभरका कम्पनीको आर्थिक विवरण राख्ने नियोगले नै आर्थिक विवरण वेबसाइटबाट डिलिट गरेको हो ।
सीपेकका प्रमुख अमिर खानले यससम्बन्धी कुनै प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । उनले भने, "यससम्बन्धी बुझ्नका लागि प्रवक्तालई सम्पर्क गर्दा राम्रो हो । हामीले फलो गर्ने प्रोटोकल यही हो ।"
उनीहरुको विभिन्न चार मुलुकमा ९९ भन्दा बढी कम्पनीहरु छन् । अन्य विभिन्न मुलुकका बैंकहरुमा ठूलो रकम पनि जम्मा गरेको फ्याक्ट फोकसले जनाएको छ ।
३९.९ मिलियन मूल्य बराबरको १३३ पिजा रेस्टुरेन्ट पाकिस्तान र एसियाली मुलुकहरुमा रहेको बताइएको छ ।