काठमाडौं। चीनसँग आमनेसामने भएका आफ्ना सेनाका लागि भारतले १० महिनालाई पुग्ने राशन एलएसीमा पुर्याएको छ । भारतीय डिफेन्स स्टाफ प्रमुख (सीडीएस) जनरल विपिन रावतले एलएसीमा थप सैनिकलाई पनि रासन स्टक भएको बताएका छन् । संसद्को रक्षा समितिका सदस्यहरुलाई एलएसीमा भारतीय सेनालाई कुनै पनि परिस्थितिमा रासन अभाव नहुने र थप जाने सैनिकलाई समेत रासन स्टक भएको बताएका न् ।
जनरल रावतले समितिलाई एलएसी र सीमामा तैनाथ अतिरिक्त सैनिकहरूको लागि पर्याप्त राशन भएकोमा आश्वस्थ पारेका हुन् । सैनिक स्रोतलाई उदृत गर्दै टाइम्स नाउले जनाए अनुसार समितिको वैठकमा सेनाका अधिकारीहरूले रासन र अध्यादेशको प्रावधान र गुणस्तरको बारेमा दुई प्रिजेन्टेसन दिएका थिए ।
आपूर्ति र स्टकको विवरण दिँदै आएका अधिकारीले समितिलाई एलएसी लगायतको सिमानामा कुनै पनि परिस्थितिमा सेनाका लागि आवश्यक रासन भण्डारण गरिएको आश्वस्त पारेका थिए । विपिन रावतले कुनै पनि परिस्थितिमा थपिएका सेनासहित १० महिनाका लागि पर्याप्त भण्डारण रहेको बताएका थिए ।
एनसीपीका अध्यक्ष शरद पवारले समितिका अध्यक्ष जुआल ओरामलाई एलएसीको सही स्थितिबारे जानकारी गराउन पनि आग्रह गरे । कांग्रेस नेता राहुल गान्धीले सेनाका अधिकारी र जवानहरूको पौष्टिक आहारबारेमा पनि प्रश्न गरेका थिए ।
गान्धीले संसदीय स्थायी समितिमा पोषणको सवालमा राखेको प्रश्नमा लेफ्टिनेंट जनरल (सेवानिवृत्त) डीपी भत्सलले सेनाका कर्मचारीहरूको खानामा भिन्नता नभएको बताए ।