काठमाडौं । भारतीय केन्द्रीय मन्त्री नितिन गडकरीलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनी आफैंले ट्वीटरमा ट्वीट गर्दै कोरोना पोजेटिभ भएको जानकारी दिएका हुन् ।
गडकरीले लेखेका छन्, ‘हिजो मैले कमजोर महसुस गरेको थिएँ । मैले डाक्टरसँग सल्लाह लिएर कोरोनाको जाँच गराएँ । त्यसको रिपोर्ट पोजेटिभ आएको छ । म ईश्वर र तपाईहरुको आशीर्वादले अहिले ठीक छु ।’
उनले आफू आइसोलेसनमा रहेको पनि बताएका छन् ।