काठमाडौं । भारतमा २० हजार सैन्य जवानलाई कोरोना भाइरसको संक्रमण भएको छ । अहिलेसम्म १९ हजार ८३९ जनालाई कोरोना भाइरसको संक्रमण भएको हो ।
यसमा सेना, एयरफोर्स र नेभीका जवानहरु हुन् । सबैभन्दा बढी सेनाका १६ हजार ७५८ जना संक्रमिमत भएका छन् ।
त्यसैगरी एयरफोर्सका १ हजार ७१६ र नेवीतर्फ १ हजार ३६५ जना संक्रति भएका छन् ।
अहिलेसम्म ३५ जवानको ज्यानसमेत गएको छ । मृतकमा ३२ जना आर्मीका जवान हुन् ।
बुधबार केन्द्रीय रक्षा राज्यमन्त्री श्रीपद नाइकले लोकसभामा दिएको जानकारी अनुसार ज्यान गुमाउने ३ जना एयरफोर्सका जवान हुन् ।
भारतमा एकैदिन बुधबार अहिलेसम्मकै सबैभन्दा बढी ९७ हजार ८५६ जना संक्रमित थपिएका छन् । यसअघि गत ११ सेप्टेम्बरमा ९७ हजार ७५४ जना संक्रमित थपिएका थिए ।
योसँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ५१ लाख १५ हजार ८९३ पुगेको छ । सक्रिय संक्रमित १० लाख ९ हजार ८८६ जना रहेका छन् ।
निको हुनेको संख्या बुधबार ८२ हजार ९२२ रह्यो । योसँगै निको हुनेको संख्या ४० लाख २२ हजार ४९ पुगेको छ ।
बुधबार १ हजार १४० जनाको ज्यान गयो । अहिलेसम्म भारतमा ८३ हजार २३० जनाको ज्यान गइसकेको छ ।
भारतमा दैनिक ९० हजार भन्दा बढी कोरोनाका संक्रमित बढ्दै गए पनि सबै क्षेत्र खुल्ला भएको छ । विद्यालयहरु समेत खुल्ने तयारी भइरहँदा भारतको स्थिति झनै भयावह बन्ने देखिएको छ ।