झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पर्ने कोरोबारीको बगाहा चौधरीस्थित किस्ने खोलामा पुल नहुँदा त्यहाँका स्थानीयहरु डुङ्गाको भरमा जोखिमपुर्ण यात्रागर्न बाध्य छ्न् ।
गौरिगन्ज गाउँपालिकामा अवस्थित कोरोबारीको किस्ने खोला अन्तर्गत दन्तकाली घाट र बगाहा चौधरी घाट गरी दुई स्थानबाट बर्खाको समयमा डुङ्गा संचालन हुने गरेको छ ।
हुलाकी सडक निर्माणको क्रममा केही महिना अघि मोतिदान कन्स्ट्रक्सन जेभिको मालवाहक सवारी साधनले दन्तकाली घाटको डुङ्गाको अघाडिको भाग भत्काइदिएको र दन्तकाली तेलकानी ठेकीटोला सडक खण्डमा निर्माणाधिन हुलाकी राजमार्गमा बाटो हिल्लाम्मे भएपछि कोरोबारी गौरिगञ्ज जोड्ने मुख्य एकमात्र स्थल बगाहा चौधरी बनेको छ ।
हाल सोही बघाहा चौधरीस्थित किस्ने खोला तर्न डुङ्गामा त्यहाँका जनताहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छ्न् । कोरोबारी र गौरिगन्ज जोड्ने किस्ने खोलाको पुल नबन्दा त्यहाँका अधिकांश जनताहरु आवश्यक मालसामान सहित डुङ्गाको भरमा खोला तर्न बाध्य छ्न् ।
स्थानीयका अनुसार प्रदेश सरकार र केन्द्रीय सरकारका सांसदहरू पटक पटक कोरोबारी भ्रमणमा आर्इ विभिन्न योजनाहरुको शिलान्यास, उद्घाटन र निरीक्षण गरिरहँदा किस्ने खोलाको पुल निर्माणमा भएको ढिलासुस्तीको खासै अनुगमन र चासो नदेखाएको स्थानीयहरुले गुनासो गरेका छन् ।
स्थानीय भन्छ्न् –सरकार जनताको पिरमर्काप्रति उदासिन रह्यो ।
साथै सो स्थानमा चाँडो भन्दा चाँडो पुल निर्माणका लागि आवस्यक पहल गरिदिन स्थानीय सांसदहरुको ध्यानाकर्षण गराउन आवस्यक रहेको स्थानीय बताउँछ्न् ।