नेपालगन्ज । २३ बर्षअघि हत्या गरि फरार रहेका एक जना अपराधीलाई बाँके प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
बाँकेको तत्कालीन रनियापुर गाबिस वडा नम्बर ८ रनियापुरका १९ बर्षिय नूर सलाम खाँलाई २३ बर्षअघि चमकदारपुर भन्ने स्थानमा छातीमा गोली हानी त्यसपछि घाँटी रेटेर हत्या गरेका खजुरा गाउँपालिका वडा नम्बर ८ रनियापुरका ३८ बर्षीय आजात खाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
२०७२ साल असोज १७ गते जिल्ला अदालत बाँकेले निज खाँलाई २० बर्षको कैद सजाय तोकेको थियो । कैद सजाय तोकिएका खाँ त्यसपछि कहिले भारत र कहिले नेपालकै विभिन्न ठाउँहरुमा लुकिछिपी बस्दै आएको प्रहरीले जनाएको छ ।
निज आजात खाँ आफ्नै घरमा लुकिछिपी बसेको भन्ने विशेष सूचनाको आधारमा भदौ २८ गते जिल्ला प्रहरी कार्यालय बाँके र ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएर गएको प्रहरीको टोलीले पक्राउ गरेको बैंक प्रहरीले जानकारी दिएको छ।
खाँले नुरलाई २०५४ साल फागुन ७ गते छातीमा गोली हानेको र त्यसपछि घाँटी रेटेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।