arrow

डा. शशांक कोइरालाले भने –तपाईहरुले चिन्ता गर्नु पर्दैन

ओम अस्पतालको आइसीयूबाट २७ सेकेन्डको भिडियो सन्देश जारी

logo
प्रकाशित २०७७ असोज १ बिहिबार
sashank-koirala.JPG

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू स्वस्थ्य हुँदै गएको बताएका छन् । 

शशांक कोइराला सचिवालयमार्फत भिडियो सन्देश जारी गर्दै डा कोइरालाले ओम अस्पतालको आइसीयूमा रहेर आफू निको भइरहेको बताएका छन् । 

उनले अझै २–३ दिन आफू अस्पतालमा बस्ने जनाएका छन् । उनले भनेका छन्, ‘म कोभिड–१९ बाट प्रभावित भएको व्यक्ति आज ओम नर्सिङ होममा आइसोलेसनमा छु । तपाईहरुले चिन्ता गर्नुपर्दैन । म २–३ दिन अझै यहाँ बसेर म डिस्चार्ज हुन्छु । यति नै भनुँ भनेर तपाईहरुलाई सम्पूर्णलाई आग्रह छ । धन्यवाद । जयनेपाल ।’

उनले मात्र २७ सेकेन्डको भिडियोमार्फत सन्देश दिएका हुन् । 



लोकप्रिय समाचार
नयाँ