काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ स्थितिमा क्रमिक सुधार भइरहेको छ । ओम अस्पतालमा चिकित्सक टिमको संयोजन गरिरहनु भएका डा. विश्वनाथ कोइरालाका अनुसार निमोनियाको स्थिति नियन्त्रण हुँदै गएको छ । रेमडिसिभर औषधिको प्रयोगले कोइरालाको स्वास्थलाई सहज बनाइरहेको छ ।
महामन्त्री कोइरालाले एक संक्षिप्त भिडियो सन्देश जारी गर्दै आफू केहि दिनमै स्वास्थलाभ गरि अस्पतालबाट फर्कने विश्वास ब्यक्त गरे।
सभापति शेरबहादुर देउवाले महामन्त्री कोइरालाको स्वास्थबारे नियमित चासो राख्दै यथासिघ्र स्वास्थलाभको कामना गरेका छन् ।
पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले चाँडैनै स्वस्थ भएर फर्कन नेपाली कांग्रेस पार्टी परिवारका तर्फबाट शुभेच्छा समेत व्यक्त गरेका छन्।