काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्यमा ९ सय रुपैयाँले गिरावट आएको हो ।
महासंघका अनुसार बिहीबार ९ रुपैयाँ प्रतितोलाका दरले घटेर छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार छापावाल सुनको मूल्य नेपाली बजार प्रतितोला ९७ हाजर ५ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार १ सय रुपैयाँ कायम गरिएको छ । बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ रहेको थियो ।
बिहीबार चाँदीको मूल्य १३ सय २० रुपैयाँ प्रतितोला रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।