काठमाडौं । विगत ६ महिना देखि बन्द रहेको सार्वजिनक सवारीका साधन सञ्चालन सरकारले बिहीबारबाट खुला गरेको छ । बिहीबारबाट लामो दुरीका सवारी साधन करिब करिब सञ्चालनमा आएका छन् ।
हिन्दु नेपालीहरुका चाड पर्व दशैं र तिहार समेत नजिक आइरहेको अवस्थामा सार्वजनिक सवारी साधन सञ्चालनमा आएकाले अग्रिम टिकेट बुकिङ पनि चाँडै खुला हुने आम सर्वसाधारणको विश्वास छ ।
तर, यातायात व्यवसायीले भने दशैं तिहारमा लामो यात्रा गर्ने यात्रुका लागि अग्रिम रुपमा टिकेट बुकिङ खुला नगर्ने बताएका छ ।
नेपाल यातायात व्यवसायी रािष्ट्रय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले दशैं र तिहारका लागि अगिम रुपमा टिकेट बुकिङ खुला नगर्ने मनसायमा आफुहरु रहेको बताए । ‘अग्रिम टिकेट बुकिङ खोल्ने मनसाय छैन अहिले हाम्रो । भर्खर आजदेखि सार्वजनिक सवारी सुरु भयो’ उनले भने, ‘एक हप्ता त समिक्षा गर्नै लाग्छ । २० लाख मान्छे यसअघि नै गइसकेका थिए । कोही पनि काठमाडौं फर्केका छैनन् । त्यसैले बुकिङ खोल्ने मनसाय छैन ।’
यसअघि गत सोमबार बसेको मन्त्रीपरिषदको बैठकले बिहीबारदेखि लामो दुरीका सवारी साधन लगायतका सबै किसिमका व्यवसाय खुला गर्ने निर्णय गरेको थियो । दशैं समेत नजिकै आएको र लामो समयपछि सवारी लगायतका व्यवसाय खुलेकाले चहलपहल सुरु भएको छ ।