काठमाडौं। अन्तत: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमको राष्ट्रिय सभा सदस्य (सांसद)मा मनोनित भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिशमा प्युठान, दाहाक्वारी १–का वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेकी हुन्।
सो कुरा राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालबाट बिहिबार जारी विज्ञप्तिमा जनाइएको छ। गत २०७४ सालको भएको आम निर्वाचनमा बर्दियाबाट नेपाली कांग्रेसका सञ्जय गौतमसँग पराजित भएका गौतमलाई सरकारले विज्ञ समूहबाट सदस्यमा मनोनयन गर्न सिफारिस गरेको थियो।
यो पनि पढ्नुस् :