arrow

कोरोना भाइरस नेपाल : १२ सय ४६ जना नयाँ संक्रमित,   डिस्चार्ज पनि त्यति नै

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १ बिहिबार
corona-nepal-ministry.JPG

काठमाडौं ।
नेपालमा पछिल्ले २४ घण्टामा १२ सय ४६ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् ।

स्वास्थ तथा जनसँख्या मन्त्रालये बिहीबार गराएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको उक्त सँख्या फेला परेको हो ।

बिहीबार फेला परेको सँख्या सँगै मुलुकभर कोरोना संक्रमितको कुलसँख्या ५९ हजार ५ सय ७३ जना पुगेको छ ।

उनीहरुमध्ये हालसम्म ४२ हजार ९ सय ४९ जना कोरोनाका विरामी निको भएर घर फर्किसकेका स्वास्था तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार बिहीबार मात्रै पछिल्लो २४ घण्टामा १२ सय ४३ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।

निको भएर घर फर्किनेको उक्त सँख्या करिब करिब बिहीबार फेला पर्ने विरामीकै सँख्या बराबरको हो ।

स्वास्थ तथा जनसँख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना भाइरसका कारण ३ सय ८३ जनाको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
नयाँ