arrow

शङ्कास्पद मृत्युको कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता गर्न माग

logo
प्रकाशित २०७७ असोज १ बिहिबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शङ्कास्पद मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने सरकारको पछिल्लो निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहिबार विज्ञप्तिमार्फत शङ्कास्पद मृत्यु भएका व्यक्तिको परीक्षण गरिनु झनै जरुरी रहेको जनाउँदै  आफ्नो परिवारको सदस्यको मृत्यु हुनाको वास्तविक कारण थाहा पाउनु नागरिकको अधिकारको कुरा भएको बताएका छन् । 

परीक्षणबाट मृतकमा सङ्क्रमण पुष्टि भए निकटस्थको परीक्षण गरेर अरुलाई बचाउने सकिने जनाउँदै पार्टीले शङ्कास्पद मृत्युको परीक्षणबाट रिपोर्ट नेगेटिभ आए मृत्युपछिको एक अर्को मानसिक तनावबाट परिवारजन मुक्त हुन सक्ने स्पष्ट गरेको छ ।



लोकप्रिय समाचार
नयाँ