arrow

खतिवडाको नियुक्तीका बिषयमा प्रचण्डलाई नेपालको प्रश्न

नेकपा सचिवालय बैठक अघि प्रचण्ड र नेपालबीच दुई पटक कुराकानी 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १ बिहिबार
prachanda_madhav.jpg

काठमाडौं । सत्तारुढ दल नेकपाको आन्तरिक विवाद सुल्झेको भनिएपनि कतिपय विषय वस्तुमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल अझै निकट रहेका छन् । सचिवालय बैठक बस्नुपूर्व विहिबार साँझ दुई नेताहरुबीच भएको भेटवार्ताले त्यसलाई पुष्टि गरेको छ ।

दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको सहमतिले शुक्रबार सचिवालय बैठक बस्ने तयारी भैरहेका बेला दुई नेताहरुको भेटवार्तालाई नेकपाभित्र अर्थपूर्ण रुपमा हेरिएको छ । अध्यक्ष प्रचण्डले माधव नेपाललाई भेट गर्नु अघि वालुवाटार पुगेर ओलीसँग भेट गरेको थिए । त्यसअघि विहिबार विहान प्रचण्ड नेपालले बैठकका एजेण्डाबारे फोनमा कुराकानी गरको नेपाल निकट स्रोतले जनाएको छ । 

नेकपाले भोलि बस्ने सचिवालय बैठकमा मन्त्रिपरिषद्को पूर्नगठन, संबैधानिक नियुक्तिहरुका विषयमा सुझाव लिने र पार्टीको बाँकी रहेका एकता प्रक्रियाहरुका विषयको टुंगो लगाउने विषय एजेण्डाका रुपमा राखेको छ  । ‘उहाँहरु (प्रचण्ड र माधव नेपाल) बीचको छलफलमा शुक्रवार बिहान बोलाईएको सचिवालय बैठकका एजेण्डा, संबैधानिक नियुक्ति, पार्टी निर्णय कार्यान्वयन लगायतका विषयमा केन्द्रीत रहेर कुराकानी भएको हो यस्तो कुराकानी भैरहन्छ आजै दुई पटक भएको हो,’ नेपाल निकट स्रोतले भन्यो ।

त्यस्तै निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई ओलीले आफ्नो विशेष आर्थिक सल्लाहकारका रुपमा नियुक्त गर्नेसम्मका निर्णयमा पार्टी अध्यक्षद्दयका बीचमा संबाद भए नभएको विषयमा पनि नेपालले प्रचण्डसँग जिज्ञासा राखेका थिए । महत्वपूर्ण नियुक्ति गर्दा सचिवालय बैठकबाट वा दुई अध्यक्षको परामर्शमा गर्ने सचिवालय र स्थायी कमिटी बैठकको निर्णय रहेको छ । ‘वरिष्ठ नेता नेपालले डा. युवराज खतिवडाको नियुक्तिका विषयमा प्रधानमन्त्री ओलीले प्रचण्ड कमरेडसँग छलफल गरे नगरेको विषयमा पनि जिज्ञासा राख्नुभएको थियो’, स्रोतले भन्यो । 

महत्वपूर्ण संबैधानिक तथा राजनीतिक नियुक्तिहरु पार्टीको सचिवालय सदस्यहरुका बिचमा छलफल गर्ने, त्यसपछि दुई अध्यक्षका बीचमा समन्वय गर्ने र आपसी सहमतिमा नियुक्ति लगायतका काम गर्ने समझदारी सहितको प्रस्ताव भदौं २६ को स्थायी समिति बैठकले गरेको भएपनि खतिवडाको नियुक्तिले उल्लंघन भएको देखिन्छ ।

दुई नेताको भेटमा पार्टीले नेताका नाममा खोलिएका र पार्टी नेताहरु जोडिएका प्रतिष्ठानहरुका गतिविधि नियन्त्रण र नियमन गर्न कार्यदल बनाउने र त्यसले दिएको सुझावका आधारमा मात्र निर्णय लिने र त्यस अवधीसम्म कुनै गतिविधि नगर्न भनेपनि मदन भण्डारी फाउन्डेसनका नाममा गतिविधि जारी नै राखेको विषयमा पनि दुई नेताका बीचमा सामान्य परामर्श भएको बताईएको छ । मदन भण्डारी फाउण्डेशनलाई भने गतिविधि नरोक्न ओलीले नै निर्देशन दिएका थिए । प्रतिष्ठानलाई समानान्तर पार्टीको हैसियतमा देशव्यापी विस्तार गर्दा नेता–कार्यकर्ता गुटप्रति बढी इमानदार भएको भन्दै नेकपाले सर्कुलर जारी गरेको भए पनि मदन भण्डारी फाउन्डेसनले देशव्यापी रुपमा कार्यक्रम गर्दै आएको छ ।



लोकप्रिय समाचार
नयाँ