काठमाडौं । भारतमा किसान बिलको विरोधलाई लिएर नरेन्द्र मोदी सरकारलाई झड्का लागेको छ । शिरोमणि अकाली दलले लोकसभामा यसका बिलको विरोध गरेको छ ।
उक्त विरोधपछि शिरोमणि अकाली दलकी नेतृ तथा केन्द्रीय मन्त्री हरसिमरत कौर बादलले राजीनामा दिएकी छिन् ।
यसपछि प्रधानमन्त्री मोदीले ट्वीटरमा ट्वीट गर्दै किसानलाई भ्रमित गर्न थुप्रै शक्ति लागेको बताएका छन् । उनले भने, ‘म किसान भाइ–बहिनीलाई आश्वस्त पार्न चाहन्छु यो विधेयकले सही अर्थमा तपाईहरुलाई सशक्त पार्नेवाला छ ।’
त्यस्तै बादलले ट्वीट गरेकी छिन्, ‘मैले किसानका विरुद्धमा ल्याउन लागिएको बिललाई लिएर केन्द्रीय मन्त्रीबाट राजीनामा दिएकी छु । मलाई गर्व छ मैले आफ्ना किसानको साथमा उनीहरुकी बहिनी, छोरीजस्तै खडा भएकी छु ।’
प्रधानमन्त्री मोदीले भने यसबारे स्पष्ट पाउँदै आएका छन् ।