arrow

पेरिसडाँडामा हुने नेकपा सचिवालय वैठक आइतवारलाई सारियो

नेकपाको सचिवालय वैठक पहिलो पटक पेरिसडाँडामा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २ शुक्रबार
ucpn-maoist-office.jpg.jpeg

काठमाडौं । पहिलो पटक पूर्व माओवादीको कार्यालय पेरिसडाँडामा बस्न लागेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबारका लागि सारिएको छ।

दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पमकल दाहाल प्रचण्डको सहमतिमा बैठक आइतबारका लागि सारिएको हो । शुक्रवार विहानका लागि  बोलाइएको सचिवालय बैठक आइतबार बिहान ११ बजे बस्ने गरी सारिएको पार्टी कार्यालयका सचिव इश्वरी रिजालले जानकारी दिए ।

पार्टीको सचिवालय बैठक पहिलो पटक तत्कालीन माओवादीको पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने तयारी अनुसार सरसफाइ गरिएको थियो  ।

प्राय सबै वैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुँदै आएपनि यो पटक पेरिसडाँडामा राखेकोमा प्रधानमन्त्री केपी शर्मा ओली सन्तुष्ट नभएको बताइएको छ । 

पार्टी चलाउने जिम्मेवारी प्रचण्डमा आएपछि उनले पहिलो पटक पूर्व माओवादीको कार्यालय पेरिसडाँडामा वैठक राखेका हुन्।   



लोकप्रिय समाचार
नयाँ