नयाँ दिल्ली । वन्दे भारत मिसनअन्तर्गत अन्तर्राष्ट्रिय उडानहरूले विभिन्न देशमा रहेका १६.२५ लाखभन्दा बढी भारतीयहरुलाई स्वदेश ल्याउने र विदेश यात्रा गर्न सहयोग पुर्याएको छ ।
भारतीय नागरिक उडड्यनमन्त्री हरदीप सिंह पुरीले भने, "आशा र खुशीको मिशनको रुपमा रहेको वन्दे भारत मिसनअन्तर्गत अन्तर्राष्ट्रिय उडानहरूले अन्य मोडहरुका साथै विभिन्न देशका १६ लाख २५ हजारभन्दा बढी व्यक्तिको स्वदेश फिर्ता र बाहिरी यात्रामा पनि सहयोग पुर्याएका छौं । हामी प्रत्येक दिन अझ बढी पुग्छौं।" मन्त्रालयका अनुसार १३, सेप्टेम्बरमा ४ हजार १७० नागरिक भारत फर्किएका छन् ।
कोरेना भाइरसका भएको यात्रा प्रतिबन्धका कारण विदेशमा फसेका भारतीयहरूलाई बाहिर निकाल्न भारत सरकारले वन्दे भारत मिसन मेमा सुरु भएको थियो । मिसन आफ्नो छैटौं चरणमा छ जुन अक्टोबर २४ सम्म जारी रहने छ ।