काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा ४ सय रुपैयाँ प्रतितोलाका दरले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार। शुक्रबार ४ रुपैयाँ प्रतितोलाका दरले सुको मूल्य बढेर छापावाल सुनको मूल्य ९७ हजार रुपैयाँ प्रतितोला पुगेको हो ।
यसअघि बिहीबार छापावाल सुनको मूल्य ९६ हजार ६ सय रुपैयाँ रहेको थियो । बुधबारको तुलनामा ९ सय रुपैयाँले घटेर उक्त मूल्य कायम भएको थियो ।
शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैयाँ रहेको महासंघले जानकारी दिएको छ ।
त्यस्तै चाँदीको मूल्यपनि १० रुपैयाँ प्रतितोलाका दरले बढेको महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ३० रुपैयाँ रहेको छ ।
यअसघि बिहीबार १३ सय २० रुपैयाँ प्रतितोला रहेको थियो ।