arrow

पार्टी एकताका लागि सभापति पद छाड्ने रामचन्द्रको घोषणा 

logo
प्रकाशित २०७७ असोज २ शुक्रबार
ramchandra-yadav-congress.jpg

लहान । २३औं लोहपुरुष वीर गणेशमान सिंहको स्मृति दिवस नेपाली कांग्रेस नगरसमितिको कार्यालय लहान सिराहाले पनि मनाएको छ ।  

कार्यक्रममा प्रमुख अतिथि जिल्ला सभापति रामचन्द्र यादवले पार्टीमा सहकार्य, मेलमिलाप र एकताका लागि वीर गणेशमान सिंहले पार्टी सभापति, प्रधानमन्त्री पद सबै छोडे जस्तै आफूले पनि एकताको लागि सभापति पद छोड्ने घोषणा गरे । 

कार्यक्रममा विशिष्ट अतिथि जिल्ला उपसभापति बिशुन साह बनिया, जिल्लाका युवा नेताहरू शैलेन्द्र यादब, देबनाथ यादब, महेश चौधरी, फुलेश्वर महतो, नेबि संघ निबर्तमान केन्द्रिय सहमहामन्त्री परमेशवर साह लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम नेपाली काङ्ग्रेस नगरसमिति लहान सिराहाका सभापति सुनिल महतोको अध्यक्षतामा सम्पन्न भएको थियो । 



लोकप्रिय समाचार
नयाँ