काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २० जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् ।
स्वास्थ तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार गराएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा विरामीको उक्त सँख्या फेला परेको हो ।
याेसँगै नेपालमा कुल संक्रमितकाे सँख्या ६१ हजार ५ सय ९३ पुगेकाे छ ।
पछिल्लाे २४ घण्टामा कुल ११ हजार ४ सय ५८ जनाको स्वाब पीसीबार विधिबाट परिक्षण गरेको गौतमले बताए ।
उनका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ७१ जना निको भएर घर फर्केका (डिस्चार्ज भएका) छन् ।
हालसम्म ४३ हजार ८ सय २० जना डिस्चार्ज भइसकेका र १७ हजार ३ सय ८३ जना संक्रिया संक्रमित रहेका छन् ।