arrow

अहिलेसम्मकै सबैभन्दा धेरै जनामा संक्रमण, ७ को मृत्यु

देभभर दुई हजार २०  कोरोना पुष्टि, उपत्यकामा ८५९ संक्रमित थपिए

logo
प्रकाशित २०७७ असोज २ शुक्रबार
covid-test-positive-corona.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा थप दुई हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकै दिन कोरोना संक्रमित देखिएको यो अहिलेसम्मकै उच्च रहेको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या ६१ हजार ५९३ जना पुगेको छ ।

एघार दिन अघि संक्रमितको सङ्ख्या ४६ हजार २५७ रहेको थियो ।    देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ११ हजार ४५८ जनाको पिसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । शुक्रबार थपिएका संक्रमित पुरुष  एक हजार ३८१ तथा महिला ६३९ रहेका छन् ।

हालसम्म ४३ हजार ८२० जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएको उनले बताए । पछिल्लो २४ घण्टामा ८७१ जना कोरोना निको भएर घर फर्किएका छन् । हालसम्म ८ लाख ९४ हजार जनाको पिसीआर गरिएको छ । पाँच सयभन्दा बढी संक्रमित  भएका जिल्लामा काठमाडौँ, ललितपुर, भक्तपुर, मोरङ, सिरहा, सुनसरी, मकवानपुर, रुपन्देही र चितवन रहेका छन् । यस्तै हाल संक्रमित नै नरहेका जिल्लामा रसुवा, डोल्पा, हुम्ला, मुगु, सोलुखुम्बु र मुस्ताङ रहेका छन् । 

 हाल १७३ संक्रमितको अति सघन कक्षमा उपचार भइरहेको छ भने ३६संक्रमितलाई  भेन्टिलेटरमा राखि उपचार भइरहेको मन्त्रालयले जनाएको छ । हाल देशभर १७ हजार ३८३ जना सक्रिय संक्रमित रहेका छन् । हाल ९ हजार २९५ जना संस्थागत आइसोलेशनमा तथा ८ हजार  ८८ संक्रमित होम आइसोलेशनमा बस्दै आएका छन् ।    

कहाँ कहाँ कति भेटिए संक्रमित
मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा बागमती प्रदेशका एक हजार ११६, प्रदेश नं ५ मा २०५, प्रदेश नं १ मा १८७, प्रदेश नं २ मा १७६, गण्डकी प्रदेशमा १४८, कर्णालीमा १४१ तथा सुदूरपश्चिममा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

प्रदेश नं १ को उदयपुरमा २, भोजपुरमा दुई, ओखलढुंगामा एक, झापामा ६, मोरङमा ११८ तथा सुनसरीमा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यस्तै प्रदेश नं २ को धनुषामा ९, पर्सामा १७, बारामा ७८, रौतहटमा ६, सप्तरीमा ४५, सर्लाहीमा २ तथा सिरहामा १९ जनामा कोरोना देखिएको छ । 

यसैगरी बागमती प्रदेशको काठमाडौँमा ६९८, काभ्रेपलाञ्चोकमा ६, चितवनमा १९१, दोलखामा एक, धादिङमा १४, नुवाकोटमा ६, भक्तपुरमा ८२, मकवानपुरमा ३०, रामेछापमा ६, ललितपुरमा ७९ तथा सिन्धुपाल्चोकमा तीन जनामा कोरोना पुष्टि भएको छ ।  गण्डकी प्रदेशको कास्कीमा ८६, गोरखामा १२, तनहुँमा ५, नवलपरासी पूर्वमा ३९ तथा लमजुङमा ६ जना कोरोना संक्रमित भेटिएका छन् । 

 प्रदेश नं ५ को अर्घाखाँचीमा ९, कपिलवस्तुमा ६, गुल्मीमा ६, दाङमा २४, नवलपरासीमा ४१, पाल्पामा ३, प्युठानमा एक, बर्दियामा १८, बाँकेमा २, रुपन्देहीमा ८६ तथा रोल्पामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको  स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  कर्णाली प्रदेशको सुर्खेतमा ११७, रुकुम पश्चिममा २३ तथा दैलेखमा एक ,सुदूरपश्चिम प्रदेशको कञ्चनपुर ७, कैलालीमा १७, अछाममा १६, बाजुरामा ३, डोटीमा एक, बैतडीमा २ तथा बझाङमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

काठमाडौं उपत्यकामा  ८५९  संक्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ८५९ जना कोरोना संक्रमित थपिएको प्रवक्ता डा गौतमले जानकारी दिए । ती मध्ये काठमाडौँका ६९८, ललितपुरका ८२ तथा भक्तपुरका ७९ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । 

योसँगै काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको सङ्ख्या १५ हजार २३८ पुगेको छ ।    पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच पुरुष तथा दुई महिला रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको सङ्ख्या ३९० पुगेको छ । 

 प्रवक्ता डा गौतमका अनुसार मृत्यु हुनेमा मोरङका ६६ वर्षीय दुई पुरुष, काठमाडौँकी ८५ वर्षीया महिला, काठमाडौँकै ८८ वर्षीय पुरुष, भक्तपुरका ८२ वर्षीय पुरुष, ललितपुरकी ६६ वर्षीया महिला र नवलपरासीका ३१ वर्षीय पुरुष रहेका छन् ।    

सात जनाको मृत्यु
कोरोना संक्रमणबाट २४ घन्टामा थप ७ को मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना महिला र ५ जना पुरुष रहेका छन् । मृतक महिलामा काठमाडौंकी ८५ वर्षीया र ललितपुरकी ६६ वर्षीया रहेका छन् । मोरङका ६६ वर्षीय, काठमाडौँका ८८ वर्षीय, भक्तपुरका ८२ वर्षीय र नवलपरासीका ३१ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ । मृत्यु हुने नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको हालसम्म ३९० पुगेको छ । मन्त्रालयका अनुसार संक्रमितमध्ये मृत्यु हुने ०.६३ प्रतिशत रहेको छ ।



लोकप्रिय समाचार
नयाँ