arrow

गोरा भए पनि रंगभेदकाविरुद्धमा उत्रिएका मण्डेलाका वकीलको निधन

logo
एपी,
प्रकाशित २०७७ असोज २ शुक्रबार
nelson-mandela-robben-island.jpg

जोहानेसबर्ग । दक्षिण अफ्रिकाका पूर्व अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाका वकील एवं रंगभेद विरोधी कानुन व्यवसायी जर्ज बिजोसको निधन भएको छ । उनको सम्मानमा दक्षिण अफ्रिकामा राष्ट्रिय रुपमै शोक प्रकट गरिएको छ ।

बिजोसको ९२ वर्षको उमेरमा केही दिनअघि निधन भएको थियो । गोरा जातिका भए पनि रंगभेदका विरुद्धमा उनले लामो संघर्ष गरेका थिए । सन् १९६४ मा नेल्सन मण्डेलालाई मृत्युदण्ड दिने वा नदिने भन्ने अदालतमा भएको बहसमा बिजोसले बहस गरेका थिए । 

बिजोसले मण्डेलाका लागि दशकौंसम्म निजी वकीलका रुपमा कार्य गरेका थिए । 

दक्षिण अफ्रिकाका पूर्व उप प्रधानन्यायाधीश डिकसाङ मोसेनिकेले भने, “मण्डेलाका कालरात्रिका दिनहरुमा बिजोसले ओलिभर टाम्बो र अन्य वरिष्ट नेताहरुका लागि विश्वासिलो राजनीतिक कुटनीतिज्ञका रुपमा सेवा गरेका थिए ।”

बिजोसले दक्षिण अफ्रिकामा रंगभेद अन्त्य गर्ने कानुनी लडाइँमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । दक्षिण अफ्रिकामा दशकौंसम्म श्वेतहरुले अश्वेत जातिमाथि दासताको व्यवहार र शासन गरेका थिए । सन् १९९४ मा रंगभेद अन्त्य भएपछि बिजोसले दक्षिण अफ्रिकी सत्य तथा मेलमिलाप आयोगमा रहेर देशको सेवा गरेका थिए । 

उनले आयोगमा रंगभेदी अपराधका कारण पीडित भएकाहरुका परिवारको प्रतिनिधित्व गर्दै उनीहरुको अधिकार स्थापना गर्नमा योगदान गरेका थिए । 

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बिजोसले कानुन व्यवसायका क्षेत्रमा निष्कलंक एवं महान छवि बनाउन सफल भएको बताउँदै बिजोसले आजीवन न्यायप्रतिको प्रतिबद्धतालाई उच्च सम्मानका साथ प्रदर्शन गरेका थिए भने ।

ग्रीसमा नाजीलाई विजय प्राप्त गरेसँगै बिजोस १३ वर्षका हुँदा दक्षिण अफ्रिका पुगेका थिए  । परिणामस्वरुप, बिजोसमा देश छाड्दा र दोस्रो दर्जाको नागरिक हुँदाका पीडाबोध थिए, राष्ट्रपति रामाफोसाले भने ।

मण्डेला कारागारमा रहँदा बिजोसले मण्डेलाको परिवारको हेरचाह गर्नुका साथै सन् १९९० मा मण्डेलाको रिहाईमा सरकारसँगको वार्तामा मुख्य भूमिका निर्वाह गरेका थिए ।



लोकप्रिय समाचार
नयाँ