हेलम्वु । सिन्धुपाल्चोक जिल्लाका पहिरो पीडितहरूलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले ‘फुर्के परिवार’को तर्फबाट आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।
हेलम्बु गाउँपालिकाको वडा नम्बर ५ बोल्देमा आयोजित आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा पूर्वमन्त्री बस्नेतले हेलम्बु गाउँपालिका–५ का ५६ परिवारलाई पाँच हजारका दरले नगद र स्वास्थ्य सामग्री प्रदान गरेका हुन् । बस्नेतले करीब ३ लाख रुपैयाँ हस्तान्तरण गरेको फुर्के परिवारले जनाएको छ ।
कांग्रेस नेता बस्नेतले सो स्थानका पहिरो पीडितलाई अहिलेसम्म कसैले पनि राहत नदिएको बताए । ‘बोल्डेका ५६ जना पहिरोपीडितहरूलाई कसैले पनि कुनै पनि प्रकारको राहत दिएका थिएनन्’, पूर्वमन्त्री बस्नेतले भने, ‘मेरो अनुरोधमा फुर्के परिवारहरूले प्रतिपरिवार ५ हजारका दरले करीब तीन लाख रुपियाँ र स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।’
यसैबीच, कांग्रेस नेता बस्नेतले हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई चार हजार थान एन–९५ मास्क हस्तान्तरण गरेका छन् ।
कांग्रेस नेता बस्नेलते कोरोना महामारीका बेला सिन्धुपाल्चोकमा स्वास्थ्य सामग्री, खाद्यान्न लगायतका सहयोग गर्दै आएका छन् ।
उनले बाढीपहिरोपीडितहरूलाई पनि नगद , खाद्यान अन्य सहयोगहरू गर्दै आएका छन् । कम्युनिस्टहरूले समस्यामा परेकाहरूलाई सहयोग नगरेको भनेर आलोचना भइरहेका बेला कांग्रेस नेता बस्नेतले सहयोगहरू गर्दै आएका छन् ।
पूर्वमन्त्री बस्नेतले जनतालाई सहयोगहरू गरेको देखेपछि आत्तिएका कम्युनिस्टहरूले बेलाबेला उनलाई अबरोधको प्रयासहरू पनि गर्दै आएका छन् ।