काठमाडौं । डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा फराकिलो जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा बायर्नले साल्केलाई ८-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बायर्नलाई जित दिलाउन सेर्जी गनाब्रीले ह्याट्रिक गरे ।
यस्तै लियोन गोर्टेज्का, रोबर्ट लेवान्डोस्की, थोमस मुलर, लोरी साने, जामल मुसिलाले एक एक गोल गरे ।
जितसँगै बायर्नले सुखद सुरुवात गरेको हो ।