arrow

अध्यागमनको टोलीलाई टाईगर प्यालेस छिर्न रोक, विदेशी नागरिक केविन जोन रातारात फरार

logo
नारायण वली,
प्रकाशित २०७७ असोज ३ शनिबार
tiger-palace-immigration-dept.jpg

रुपन्देही । विगत १ वर्षदेखि टाईगर वान प्राली (प्यालेसको) क्यासिनोको जनरल म्यानेजरको रुपमा कार्यरत अस्ट्रेलियन नागरिक केविन जोन उईलरोक्स रातारात भैरहवा छोडेर फरार भएको अध्यागमन विभागले बताएको छ।

कानुन विपरित वर्क परमिट समेत नलिएर काम गर्दै आएका उनी केहि समयदेखि विभागको निगरानीमा थिए। उनको बारेमा भदौ २७ गते हाम्राकुरा डटकममा पहिलो पटक समाचार प्रकाशित समेत भएको थियो। सो समाचार प्रकाशनसँगै विभागले उनलाई नियन्त्रणमा लिने प्रक्रिया अघी बढेपनि स्थानिय प्रशासनबाट सूचना चिहिएपछि उनी फरार भएको अध्यागमन विभाग स्रोतले जानकारी दिएको हो। 

भीसाको अवधि सकिएका विदेशी नागरिक त्यो पनि न वर्क परमिट नलिएरै काम गरेको जानकारी पाएपछि उनका बारेमा विभागले निगरानी बढाएको थियो। टुरिष्ट भिसामा नेपाल आएका अष्ट्रेलियन नागरिक केविन रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं.१३ मा रहेको टाईगर वान प्राली (प्यालेसमा) अवैधानिक रुपमा कार्यरत रहँदै आएको तथ्य सहित हाम्राकुरामा प्रकाशित भएपछि प्रशासनले पनि केहि गतिविधी बढाए पनि प्यालेसको अगाडी निरिह बनेको पाइएको छ। 

अध्यागमन विभाग काठमाडौंले जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई ति विदेशी नागरिकलाई नियन्यणमा लिएर आवश्यक छानविन गर्न भन्दै विहिवार पत्राचार गरेको अध्यागमन विभाग काठमाडौंले जनाएको छ । साथै अध्यागमनले रुपन्देहीको भैरहवामा रहेको अध्यागमन शाखालाई पनि पत्र पठाएको वताएको छ ।

हाम्राकुरासँग कुरा गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख पिताम्वर घिमिरेले अध्यागमनको पत्र आफुलाई पनि आएको वताउँदै सो विषयमा सत्यतथ्य जानकारी लिन अध्यागमन शाखा भैरहवालाई निर्देशन दिएको वताए ।

उता अध्यागमन कार्यालय शाखा कार्यालय भैरहवाका प्रमुख गिरीराज खनालले उक्त विषयमा छानविन तथा अनुसन्धानका लागि कार्यालयबाट एक टोली विहिवार टाईगर वान प्राली (प्यालेसमा) पठाएको भएपनि प्यालेसमा कार्यरत सुरक्षा गार्डहरुले सो टोलीलाई गेटबाट भित्र प्रवेशमा रोक लगाएको बताए ।शुक्रवार आफ्नो टोलीले होटलका सुरक्षाकर्मीलाई सम्पर्क गरी केविनलाई भेट्न आउँदैछु भन्दा केविन शुक्रवार राती नै काठमाडौं गएको खवर दिएको जनाए ।

टाईगर वान प्राली प्यालेसमा सम्वन्धित व्यक्ति कोही पनि नभएकाले सबै कुरा सुरक्षागार्डसंग माग्नु पर्ने स्थिती रहेको अध्यागमन कार्यालयले जानकारी दियो । काठमाण्डौ जाने भनी रातारात फरार भएका विदेशी नागरिक केविन काठमाडौं गए की अन्य ठाउँ भन्ने वारेमा कसैलाई जानकारी छैन । जिल्ला प्रशासनले यसबारेमा केहि जानकारी राखेको छैन । 

केही दिन अगाडि उनै केविनले सोही प्यालसमा कार्यरत ३ सय ९३ जना नेपाली कर्मचारी तथा कामदारहरुलाई निकालेको तर वर्क परमिट समेत नभएका आफू भने मासिक १० लाख बढीमा कार्यरत थिए । सोही विषयले कारवाहीमा पर्ने डरले विदेशी नागरिक केविन राजनितिक प्रभाव प्रयोग गरि फरार भएको टाईगर वान प्राली अन्तर्गत सयुक्त संघर्ष समितिले जनाएको छ।



लोकप्रिय समाचार
नयाँ