काठमाडौं। नेपाली कांग्रेस (बीपी) ले संविधान दिवसको अवसरमा संविधानको कतिपय प्रावधानको बिरुद्धमा राँके जुलुस निकालेको छ ।
संविधानमा राखिएका आयातित तथा नरुचाइएको प्रावधानहरु धर्म निरपेक्षता, गणतन्त्र, संघियता खारेजीको माग गर्दै नेपाली कांग्रेस (बीपी) ले शनिवार साँझ कलङकिमा मसाल जुलुस प्रदर्शन गरेको हो ।
मसाल जुलुस निकाल्ने क्रममा सो पार्टीका केन्द्रीय सदस्य रिषभ भट्टराई, तरुण दल केन्द्रीय अध्यक्ष तथा पार्टीका केन्द्रीय सदस्य प्रधुम्न कार्की, जीवन केसी, मानव लामा, राधा खड्का गिरि, राजकुमार तामाङ लगाएतलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदर्शनकाक्रममा नेपाली कांग्रेस (बीपी) ले कुलमान घिसिङलाई पुनः नियुक्तीको माग गरेका थिए भने एमसीसी खारेज गर्न समेत माग गरेका थिए ।
प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई नेपाली काँग्रेस (बीपी)ले विना शर्त रिहाईको माग गरेको छ ।