पेट्रोल ट्याङ्कर नदीमा खस्याे, चालक र सहचालकको छैन अत्तो
प्रकाशित २०७७ असोज ४ आइतबार
80
Shares
धादिङ । ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर जिल्लाको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको छ ।
आइतबार बिहान भएको दुर्घटनापछि ट्याङ्कर चालक र सहचालकको खोजी भइरहेको छ । उनीहरु कहाँ छन् भन्ने कुनै जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए ।
नदीमा खसेको ट्याङ्कर पानीमा डुबेको छ भने केही भाग देखिएको छ ।