काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संविधान निर्माण र जारी गर्दा कांग्रेसले अगुवाई गरे पनि अपनत्व लिन डराएको बताएका छन् ।
उनले दलहरु लोकतान्त्रिकीकरण हुन समानुपातिक प्रतिनिधित्वको आधारमा चयन हुने सांसद चयन गर्दा आर्थिक चलखेलको आधारमा गर्ने कुरामा लोकतान्त्रिकीकरण हुनु जरुरी भएको समेत बताए ।
डा कोइरालाले राजनैतिक दलले यस्ता आचरण सुधार गर्नु आवश्यक रहेको उल्लेख गरे । उनले विपक्षी दलको लोकतान्त्रिक चरित्र हुने हो भने भागबण्डाको आधारमा संवैधानिक आयोगमा नियुक्ति नगरी सक्षम व्यक्तिहरुको रोस्टर खडा गरेर अगाडि बढ्न पनि माग गरेका छन् ।
डा कोइरालाले न्यायपालिकामाथि कार्यपालिकाको छायाँ परेको हुँदा स्वतन्त्र न्यायपालिकामाथि चुनौती थपिन पुगेको बताए । उनले न्यायपरिषदको गठन प्रक्रियालाई राजनैतिक हस्तक्षेपबाट मुक्त गर्ने गरी संशोधन गर्नु आवश्यक देखिएको बताए ।
नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन डिएलएले संविधान दिवसको अवसर पारेर ‘संविधान कार्यान्वयनका पाँच बर्षः सफलता तथा चुनौतीहरु विषयक भर्चुअल कार्यक्रम’ मा संवोधन गर्दै डा कोइरालाले उक्त विचार राखेका हुन् ।