काठमाडौं । पेट्रोल बोकेको एक ट्याङ्कर त्रिशूली नदीमा खसेको छ ।
काठमाडौंतर्फ आउदै गरेको पेट्रोल बोकेको ना ४ ख २८२२ नम्बरको ट्याङ्कर त्रिशूली नदीमा खसेको हो ।
नेपाल आयल निगमका थानकोट डिपो प्रमुख प्रदीप यादवले ट्याङ्कर त्रिसुली नदीमा खसेको जानकारी आएकोले विस्तृत विवरण बुझ्ने क्रममा रहेको बताए । ‘ट्याङ्कर त्रिसुली नदीमा खसेको भन्ने थाहा हुन आएको छ’ उनले भने, ‘नजिकका पेट्रोल पम्प लगायतका च्यानलबाट विस्तृत विवरण बुझ्ने प्रयास भइरहेको छ ।’
यसअघि केही िदन अघिमात्रै थानकाेटमा पेट्राेल बाेकेकाे एक ट्याङ्कर पल्टिएकाे थियाे ।