काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १३ सय २५ जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् ।
स्वास्थ तथा जनसँख्या मन्त्रालयले आइतबार गराएको जानकारी अनुसार ४ सय ६९ महिना र ८ सय ५६ जना पुरुष गरी कुल १३ सय २५ जना नयाँ संक्रमित फेला परेका हुन् ।
उक्त अवधिमा कुल ९ हजार ८४ स्वाब परिक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ६६ जना कोरोनाका बिरामी डिस्चार्ज भएका छन् ।
हालसम्म कोरोना संक्रमितको कुल सँख्या ६४ हजार १ सय २२ जना पुगेको छ ।
कुल संक्रमित सँख्या मध्ये ४६ हजार २ सय ३३ जना निको भएर डिस्चार्ज भइसकेका छन् ।
हाल १७ हजार ४ सय ७८ जना सक्रिय संक्रमित रहेका स्वास्थ तथा जनसँख्या मन्त्रालयले जानकारी गराएको छ ।