प्रिमियर लिगमा लिभरपुल सामु चेल्सी घरमै निरीह, यस्तो छ नतिजा
प्रकाशित २०७७ असोज ५ सोमबार
122
Shares
काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले शानदार प्रदर्शन गर्न सफल भएको छ । लिभरपुलले चेल्सीलाई उसकै मैदान स्टामफोर्ड ब्रिजमा २–० गोल अन्तरले हरायो ।
दुवै गोल साडियो मानेले गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि त्यसको अन्तिम मिनेटमा चेल्सीका डिफेन्डर एन्ड्रियास क्रिस्टेन्सन दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए ।
दोस्रो हाफ १० खेलाडीमा सिमित बनेर खेलेको चेल्सीले ५० र ५४ औं मिनेटमा गोल खायो ।
७५ औं मिनेटमा योर्गिन्होले पेनाल्टी हान्ने अवसर पाए पनि चेल्सीलाई गोल दिलाउन सकेनन् ।
यो जितसँगै लिभरपुलले ब्याक टु ब्याक दोस्रो उपाधिका लागि आफूलाई उभ्याउन थालिसकेको छ ।
नयाँ सिजनका लागि खेलाडी खरिदमा मोटो रकम खर्च गरेको चेल्सीका प्रशिक्षकमाथि प्रश्न उठ्न थालेको छ ।