काठमाडौं । इटालियन सिरि ए फुटबलको डिफेन्डिङ च्याम्पियन युभेन्ट्सले नयाँ सिजनमा सुखद सुरुवात गरेको छ ।
आइतबार राति टुरिनमा भएको खेलमा युभेन्ट्सले साम्पोडियालाई ३–० गोल अन्तरले हराएको हो ।
डेजन कुलुसेवस्की, लियोनार्दो बोनुची र क्रिष्टियानो रोनाल्डोले १–१ गोल गरे । पहिलो गोलका लागि असिष्ट गरेका रोनाल्डोले खेल सकिन दुई मिनेट बाँकी छँदा गोल थपेका हुन् ।