arrow

चीनले कब्जा गरी हुम्लाको लाप्चामा भवन बनाएकोमा कांग्रेस नेता धनराजको आपत्ति

सरकारको गराए ध्यानाकर्षण

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ५ सोमबार
dhanraj-puythan.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता धनराज गुरुङले हुम्लाको नाम्खा गापा-६ लिमीको लाप्चा क्षेत्रमा चीनले नेपाली भुमीमा जबरजस्ती भवन निर्माण गरिरहेकोमा बिरोध जनाएका छन्। 

सामाजिक संजाल ट्वीटरमा आफ्नो टिप्पणी राख्दै गुरुङले नेपाली भूमीमा लामोसमयदेखि नेपालीलाई जान समेत नदिएर कब्जा गरि भवन बनाउँदा सरकार वेखबर भएकोमा आपत्ती जनाएका हुन्। 

प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराउँदै गुरुङले भनेका छन्, ' राष्ट्रियताको छेउ र कुनामा फरक परिभाषा हुँदैन।'

सीमावर्ती जिल्लाहरुको रणनीतिक महत्वको क्षेत्रमा चीनले सिलसिलेवार रुपमा अतिक्रमण गरेको यसअघीका समाचार आउँदा सरकारले त्यसको खण्डन गरेको थियो। यो प्रकरणमा भने सरकार चुपचाप छ । 

कांग्रेस नेता गुरुङले हुम्लाको नाम्खा गापा-६ लिमीको लाप्चा क्षेत्रमा चीनले नेपाली भुमीमा जबरजस्ती भवन निर्माण गरिरहेको समाचारका बारेमा प्रतिक्रिया दिदै भने, ' खवरदार ! ठूला भनाउँदा दुई छिमेकी देशले मिचाहा प्रबृत्ति नदेखाऊ । यस सन्दर्भमा प्रधानमन्त्रीज्युको ध्यानाकर्षण गराउन चाहन्छु। राष्ट्रियताको छेउ र कुनामा फरक परिभाषा हुँदैन।'



लोकप्रिय समाचार
नयाँ