arrow

डा. गोविन्द केसी भेरीको आईसीयूमा

logo
सौरभ गिरी,
प्रकाशित २०७७ असोज ५ सोमबार
dr-kc-bheri.PNG

नेपालगन्ज । डा. गोविन्द केसीलाई मंगलबार साझँ  भेरी अस्पतालमा ल्याईएको छ। जुम्लाबाट नेपालगन्ज आएका डा.केसीलाई अहिले स्वास्थ्य संबेदनसिलताको मध्यनजर गर्दै भेरी अस्पतालको आईसीयूमा राखेर उपचार गरिरहेको भेरी अस्पताल श्रोतले बताएको छ।

 डा.केसीको भेरी अस्पतालका फिजिसीएन डा. सन्केत रिसाल, डा. निर्मल शाक्य र काठमाडौंबाट आएका डा. प्रबिण गिरीले उपचारमा सघाईरहेका छन् ।

जुम्लाबाट एम्बुलेन्समा नेपालगन्ज आएका डा. केसी काठमाडौं जान  नपाएका कारण उनलाई नेपालगन्जको भेरी अस्पतालको आईसीयूमा  ल्याइएको हो। उनी जुम्लामा अनशन बस्दै आएका थिए।

डा. केसी मंगलबार काठमाडौं जाने तयारी रहेको अस्पताल श्रोतले जानकारी दिएको छ। जुम्लामा अनशन बसेको आठौं दिन सोमबार डा.  केसीले  काठमाडौं पुगेर नै सत्याग्रह जारी राख्ने बताएर नेपालगन्ज  आएका थिए ।

भेरी अस्पतालको आईसीयूमा रहेका डा. केसीको स्वास्थ्य अवस्था ठिक रहेको अस्पतालले जानकारी दिइएको छ।



लोकप्रिय समाचार
नयाँ