काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित ५५ लाख ६० हजार १०५ पुगेका छन् । सोमबार मात्रै ७४ हजार ४९३ जना संक्रमित थपिएका छन् । पछिल्लो समयको यो कमै हो । यसअघि निरन्तर ९० हजार भन्दा बढी संक्रमित थपिँदै आएका छन् ।
हाल ९ लाख ७५ हजार ६२३ जना सक्रिय संक्रमित रहेका छन् । सोमबार मात्रै अहिलेसम्मकै रेकर्ड १ लाख २ हजार ७० जना कोरोनामुक्त भएका छन् ।
यो कुनै पनि देशको एकैदिन कोरोनामुक्त हुनेको सबैभन्दा धेरैको रेकर्ड हो ।
पछिल्लो ४ दिनमा १० लाख २० हजार सक्रिय संक्रमित घटेर ९ लाख ७५ हजार पुगेका हुन् । गत १८ सेप्टेम्बरमा ९५ हजार ३७३ जना कोरोनामुक्त भएका थिए ।
भारतमा कोरोनाबाट ८८ हजार ९६५ जनाको ज्यान गइसकेको छ । सोमबार १ हजार ५६ मृतक थपिएका छन् ।
भारतमा अधिकांश राज्यहरुमा सबै कुरा खुलेका छन् । विद्यालयसमेत पनि खुलेका छन् ।