सत्र सय रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ६ मंगलबार
25
Shares
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार कायम रहेको मूल्यबाट प्रतिताेला १७ सय रुपैयाँका दरले घटेको हो ।
सोमबार ९७ हजार २ सय रुपैयाँ प्रतितोलाका दरले रहेको छापावाल सुनको मूल्य मंगलबार ९५ हजार ५ सय रुपैयाँ प्रतितोलामा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै तेजावी सुनको मूल्य मंगलबार प्रतितोला ९५ हजार रुपैयाँमा कोरोबार भइरहेको संघले जानकारी दिएको छ ।
यसअघि सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँका दरले रहेको थियो ।
मंगलबार चाँदीको मूल्य प्रतितोला ९० रुपैयाँले घटेकाे छ ।
महासंघका अनुसार सोमबार प्रतितोला १३ सय २० रुपैयाँका दरले रहेको चाँदीको मूल्य मंगलबार प्रतितोला १२ सय ३० रुपैयाँका दरले कारोबार भइरहेको छ ।