arrow

लक्जरी किया सोनेट नेपाल भित्रिदै, सुरुआती मूल्य ३५ लाख ९० हजार

logo
प्रकाशित २०७७ असोज ६ मंगलबार
kia-sonet.jpg

काठमाडौं। नेपालका लागि कियाको एकल अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले कियाको सब कम्प्याक्ट एसयुभी सोनेटको मूल्य सार्वजनिक गरेको छ। सोनेट कियाको भारतमा निर्मित सेल्टोस र कार्निभल लक्जरी एमपिभीपछिको तेस्रो गाडी हो। सब–४ मिटर एसयुभी स्पेसका साथ आएको सोनेट मारुतीको ब्रेज्जा, टाटाको नेक्सन, हुन्डाईको भेन्यु तथा महिन्द्राको एक्सयुभी३०० को कडा प्रतिस्पर्धीको रुपमा उभिएको छ।

कियाले शुक्रबार नेपाली बजारमा बहुप्रतीक्षित सोनेट सार्वजनिक गरेको थियो। यसको बेस एचटिई भेरियन्टको सुरुआती मूल्य ३५ लाख ९० हजार रुपैयाँ तोकिएको छ भने उपलब्ध सुविधाका आधारमा जिटिएक्सप्लस भेरियन्टको मूल्य ६५ लाख ९० हजार रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ। सोनेट दुईवटा ट्रिम कन्सेप्टमा टेक लाइन ट्रिम र जिटी लाइनमा उपलब्ध छ, जुन यसअघि सेल्टोसमा देखिएको थियो। सोनेट सातवटासम्म कलर अप्सनमा उपलब्ध हुनेछन् जसमा तीनवटा डुअल–टोन कलर थिममा हुनेछ।

सोनेटमा एचटी लाइन (टेक लाइन) भेरियन्टमा एचटिई, एचटिके, एचटिकेप्लस, एचटिएक्स, एचटिएक्सप्लस समावेश छन्। उपलब्ध रंगको संख्या अर्डर बढेसँगै थप हुने कम्पनीले जनाएको छ । एचटिई, एचटिके भेरियन्ट क्लियर ह्वाइट, स्टिल सिल्भर, ग्रेभिटी ग्रे र इन्टेन्स रेडमा उपलब्ध छन् भने एचटिकेप्लस र एचटिएक्स भेरियन्ट अरोरा ब्ल्याक, बेस गोल्ड र इन्टेलिजेन्स ब्लु अप्सनमा उपलब्ध छ।

यी माथिल्लो श्रेणीका भेरियन्ट ग्लेसियर ह्वाइट पर्ल अरोरा ब्ल्याक पर्ल, बेस गोल्ड अरोरा ब्ल्याक पर्ल र इन्टेन्स रेड अरोरा ब्ल्याक पर्ल रंगमा छन्। सेल्टोसमा देखिए जस्तै सोनेटको टप–स्पेस जिटिएक्सप्लस (जिटी लाइन) ट्रिममा थुप्रै विशेष खाले कस्मेटिक्स विशेषता छन् जसले यो गाडीलाई दुई मोडलमध्ये बढी आक्रामक देखाउँछ। यसको ग्रिल, ढोका, बम्पर र ब्रेक कालिपर्समा विभिन्न रेड एक्सेन्ट्सहरु छन्। भित्री भागको हकमा विशेष किसिमका जिटी लाइनका सिटहरु हुनेछन् जसमा स्पोर्टी अपिल दिन कालोमा कन्ट्रास्ट स्टिचिङ दिइएको छ।

सोनेटले यो सेग्मेन्टकै सबैभन्दा बढी फिचर भएको क्याबिन दिनेछ। यसमा १०.२५ इन्चको एचडी इन्फोटेनमेन्ट स्क्रिन, युभिओ कनेक्टिभिटी अप्सन, सब–उफरसहितको ७ वटा स्पिकर, एलइडी साउन्ड मुड ल्याम्प, कुलिङ फंसन्ससहितको वायरलेस स्मार्टफोन चार्जर, भेन्टिलेटेड फ्रन्ट सिट, एयर प्युरिफायर लगायत विशेषता छन्।

प्रमुख सेफ्टी फिचर्समा ६ वटा एयरब्याग, इबिडी सहितको एबिएस, भेहिकल स्टाबिलिटी म्यानेजमेन्ट, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, हिल स्टार्ट असिस्ट कन्ट्रोल र ब्रेक असिस्ट लगायत फिचरहरु छन्।



लोकप्रिय समाचार
नयाँ