काठमाडौं । डिशहोमले सुरु गरेको हाँस्य टेलिचलचित्र ‘अड्डा’ मंगलबार राति ९ बजेदेखि प्रसारण हुने भएको हो ।
हास्य विषयवस्तु समेटिएका कार्यक्रमहरु पस्कने च्यानल ‘कमेडी प्लस’मा मंगलबार राति ९ बजेदेखि ‘अड्डा’ सुरु हुने भएको हो ।
विगत लामो समयदेखी कमेडी सिरियलमा अभिनय, निर्माण तथा निर्देशन गर्दै आएका किशोर भण्डारी ‘डिट्ठासाव’ उक्त सिरियलको निर्देशन गरेका डिशहामेले जानकारी दिएको छ ।
भण्डारी का अनुसार हाँस्य विधामा बन्ने गरेका नेपाली टेलिसिरियलहरु उस्ता उस्तै लाग्ने भएपनि ‘अड्डा’ केही फरक प्रस्तुतिका साथ प्रसारण हुने छ ।
डिशहोमका ग्राहकहरुले हरेक मंगलबार बेलुकी ९ बजे कमेडी प्लस टेलिभिजनमा ‘अड्डा’ हेर्न सक्ने डिशहोमले जानकाी दिएको छ ।